३ असार २०८१, आइतबार | Sun Jun 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा फेरि विग्रियो रातो मच्छिन्द्रनाथको रथ



रातो मच्छिन्द्रनाथको रथारोहण बैशाख ८ गते शुक्रबार भएको थियो भने बैशाख ११ गते सोमबारदेखि रथ तान्न सुरु भएको थियो

 

१८ बैशाख । पाटन सुन्धारामा फेरि रातो मच्छिन्द्रनाथको रथ विग्रेको छ । रातो मच्छिन्द्रनाथको रथ फेरि विग्रेर ढल्केपछि शनिबार तान्न सम्भव भएन । मंगलबजारनजिकै सुन्धारामा रथ ढल्केर एक घरमा अडिएको गुठी संस्थान ललितपुरकी प्रमुख लक्षुना शर्मा काफ्लेले ललितखबरलाई बताइन् ।
गतमंगलबार पुल्चोकबाट तान्न सुरु गरिएको रथ नः टोलमा पुगेर ढल्केपछि दिनभर प्रयास गरिए पनि तान्न नसकिएपछि भोलिपल्ट मात्रै माहापाल लगिएको थियो ।
रथ निर्माणको क्रममा समेत रथ भाँचिएपछि फेरि नयाँ काठ राखेर निर्माण गरिएको संस्थानकी प्रमुख काफ्लेले बताएकी छिन् ।
रथ निर्माणका लागि संस्थानले ७० लाख बजेट राखेको छ । उनका अनुसार रथ निर्माणका क्रममा थप काठहरु आवश्यक परेको खण्डमा बजेट बढ्न सक्ने बताइन् । उनले भनिन्, ‘रथ निर्माण क्रममा रकमी (रथ निर्माण गर्ने स्थानीय) श्रमिकहरुलाई दिने पारिश्रमिक नियमित रुपमा आउँछ । त्यो छुट्टै हो । रथ निर्माणका क्रममा काठ भाचिए नयाँ प्रयोग गर्ने गरिएको छ ।’

रथ निर्माणको क्रममा काठको काम विराही समुदाय र बेतको काम महर्जनहरुले गर्दछन् । गुठी संस्थान ललितपुरका इञ्जिनियर शलिकराम सुवेदीका अनुसार मच्छिन्द्रनाथको रथ निर्माणका काम ६ महिना अघिदेखि सुरु हुन्छ । रथका लागि काठ काट्न जाने ल्याउने ताछ्ने र मिलाउने सम्मका प्रकृया हुने गर्दछ ।

रथका लागि आवश्यक काठहरु फुल्चोकीबाट ल्याइन्छ । बिश्वका लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा साइत अनुसार भोटो देखाइन्छ ।

महापाल, मंगलबजार, सुन्धारा हुँदै लगनखेल पु¥याई नरिवल फ्याक्ने गरिन्छ । साइतपछि लगनखेलबाट जावलाखेल पु¥याएको ४ दिनपछि राष्ट्रप्रमुखलगायतको उपस्थितीमा भोटो देखाइन्छ ।

भोटो देखाएलगत्तै रथमा विराजमान गराइएको मूर्ति बुङ्गमतीस्थित मन्दिरमा लगेर राखिन्छ । मन्छिन्द्रनाथको मूर्ति छ । ६ महिना बुङ्गमतीस्थित मन्दिर र ६ महिना मंगलबजारस्थित मन्दिरमा राख्ने प्रचलन छ ।
मच्छिन्द्रनाथको जात्राका क्रममा हरेक क्रियाकलाय साइत अनुसार मात्रै हुने इञ्जिनियर सुवेदी बताउछन् ।

बेत ठेक्का प्रकृयाबाट भारतको आसामबाट ल्याइन्छ । नेपालमा बेतको खेती गर्न प्रतिबन्ध लगाएको कारण भारतबाट ल्याउनु पर्ने बाध्यता छ । आवश्यक काठ भने फुल्चोकी र दलचोकीलगायत बनबाट पाटनका नेवार समुदायले ल्याउने गर्दछन् ।

राजा नरेन्द्रदेवको पालाबाट सुरु भएको मच्छिन्द्रनाथको जात्रा १६ सय बर्षदेखि निरन्तर हरेक वर्ष चलिरहेको छ । रातो मच्छिन्द्रनाथको रथारोहण बैशाख ८ गते शुक्रबार भएको थियो भने बैशाख ११ गते सोमबारदेखि रथ तान्न सुरु भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ०८ बजे