दार्चुला, १९ वैशाख । मंगलबार दिउँसो दार्चुलामा गएको हिमपहिरोमा ५ जना वेपत्ता भएका छन्। दार्चुलाको ब्याँस नगरपालिका–१ स्थित बोलिनमा गएको हिमपहिरोमा ४ जना महिला र १ जना पुरुष वेपत्ता भएको प्ररहीले जनाएको छ।
मंगलबार दिउँसो पौने ३ बजे गएको हिमपोहिरोमा यार्सा टिप्न गएका स्थानीय फसेका थिए। तीमध्ये सातजना भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ। फसेकाहरूको उद्दारका लागि सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले फसेकाहरुको हेलिकोप्टर पठाएर उद्दार गर्न नसक्ने अवस्था नभएको बताइएको छ।








प्रतिक्रिया