२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ज्याकी आई एम ट्वाण्टीवान’, चलचित्रकर्मीको धेरै चासो



चलचित्रको प्रिमियरमा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्रीहरु प्रियाका कार्की, केकी अधिकारी,जसिता गुरुङ,रिमा विश्वकर्मा, अभिनेता धिरज मगर,निर्देशक प्रदिप भट्राई, दिनेश डिसीलगायत हलमा पुगेका थिए

ललितखबर
२० बैशाख । काठमाडौंको बानेश्वरस्थित सिनेमानज वानमा मंगलबार चलचित्र ‘ज्याकी आई एम ट्वाण्टीवान’को भव्यताका साथ प्रिमियर गरिएको छ ।
चलचित्रको प्रिमियरमा चलचित्र भवनमा रातो कार्पेट विछ्याएर कलाकार र आगन्तुकहरुलाई स्वागत गरिएको थियो । महिला निर्देशक रिनिशा वान्तवा राईको चलचित्र ‘ज्याकी आई एम ट्वाण्टीवान’ हेर्न थुप्रै कलाकार पुगेका थिए ।
चलचित्रको प्रिमियरमा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्रीहरु प्रियाका कार्की, केकी अधिकारी,जसिता गुरुङ,रिमा विश्वकर्मा, अभिनेता धिरज मगर,निर्देशक प्रदिप भट्राई, दिनेश डिसीलगायत हलमा पुगेका थिए ।
प्रिमियरमा सञ्चारकर्मीहरुको पनि उत्तिकै घुइँचो थियो । चलचित्र भवनको ३ वटा हलमा दर्शकहरुको भीड थियो ।


नृत्यु जानरामा निर्माण गरिएको चलचित्र धरान र काठमाडौंमा छायाँकन गरिएको छ । लाहुरे परिवारको व्रिटिस लाहुरे बन्ने दवाव र युवाको आफ्नो सपनालाई सुन्दर ढंगबाट देखाइएको छ ।
चलचित्र भवनबाट फर्कदा दर्शक तथा कलाकारहरुले नयाँ स्वादको चलचित्र भएको प्रतिकृया दिएका छन् ।
आउदो विहीबारबाट देशभर ‘ज्याकी आई एम ट्वाण्टीवान’ चलचित्र प्रर्दशन हुँदैछ । नेपाली चलचित्र शुक्रबार प्रर्दशनमा आउने चलन भए पनि चलचित्रको नाम ‘ज्याकी आई एम ट्वाण्टीवान’ रहेकाले २१ गते प्रर्दशन गर्न लागिएको हो ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।