५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षा : ‘ज्याकी आई एक ट्वाण्टी वान’ नृत्य धेरै,स्क्रिप्ट कमजोर



२१ बैशाख । चलचित्र ‘ज्याकी आई एक ट्वाण्टी वान’ आजबाट प्रर्दशनमा आएको छ । चलचित्रको ट्रेलर सार्वजनिकसँगै धेरै चलचित्रकर्मी र दर्शकको मन तानेको चलचित्र ‘ज्याकी आई एक ट्वाण्टी वान’बारे सर्बत्र चासो छ । मंगलबार साँझ भएको प्रिमियरमा उपस्थित चलचित्र क्षेत्रका दिग्गज कलाकारहरुको उपस्थिती र चासोले समेत यसको पुष्टि गर्छ ।
नृत्य जनरामा निर्माण गरिएको चलचित्र एउटा धराने युवाको सपनामा आधारित छ । धरान ब्रिटिस लाहुरेहरुको शहर भएकाले यहाँका युवाको लाहुरे बन्न देखिने र परिवार र समाजमा रहेको आर्कषण चलचित्रमा देखाइएको छ । चलचित्रको मुख्य पात्र धिरज मगर ज्याकी लिम्बुमा केन्द्रित छ । ज्याकी लाहु्रे होइन । राम्रो नृत्यकार बन्न चाहन्छ । चलचित्र यसमै घुम्छ ।


चलचित्र हेर्दा हिप हप नृत्यको भरपुर मज्जा लिन पाइन्छ । धेरै नृत्यकारहरु जम्मा परेर लामो समयसम्म तयारी गरेर चलचित्रको पर्दामा उतारिएको भान हुन्छ । चलचित्रमा नृत्यका गज्जवको दृश्य देखिन्छ ।
मध्यान्तरअघिसम्म चलचित्रमा रोमाञ्चक नृत्यका दर्शनौं दृश्यले दर्शकलाई हायल कायल बनाउछ । यति बेला चलचित्र हेर्ने दर्शकले कथा थोरै अनि नृत्य धेरै हेर्न पाउछन् । नृत्यको दृश्यले बेला बेलामा रोमाञ्चकता प्रदान गर्छ भने कुनै बेला कति धेरै नाच देखाएको होला ? भन्दै दर्शकले प्रश्न गर्छन् ।
चलचित्र जीवनमा लक्ष्य लिनेहरुका लागि अनि सपना देख्नेहरुका लागि प्ररणादायी छ । चलचित्र हेरेर दर्शकले मनोरञ्जन त दिन्छन् नै । सपना पुरा गर्ने हुटहुटी झन् बढाउछ ।
नयाँ नयाँ सपना बुन्दै गरेका कलिया युवा, हिपहप दुनियामा रमाउने आधुनिक पुस्ता यस चलचित्रका दर्शक हुन् । छोरा छोरीको उज्वल भविश्यका लागि वावुआमले गर्ने संर्घष र त्याग चलचित्रले पेचिलो ढंगले प्रस्तुत गरेको छ ।
चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री जसिताको जुन स्तरको नृत्य चलचित्रमा हेर्न पाइन्छ । त्यो सही छ । चलचित्रका अभिनेता र अभिनेत्रीको त्यो स्तरको मेहनत थोरै चलचित्रमा हेर्न सकिन्छ ।
चलचित्रमा सपना देख्न चाहनेहरुका लागि धेरै मोटिभेसनका संवाद छन् । जसले दर्शकलाई झन् उत्साहित बनाउछ । लागू औषधको कुलतले परिवारमा हुनसक्ने पिडा चलचित्रमा देखाइएको छ ।
वावु आमाले देखेको सपना हुबहु छोरा छोरीमा लाद्दा उनीहरुको जीवनमा पर्ने प्रभाव चलचित्रले देखाउन सफल छ । छोराछोरी प्रति आमाको मायाले दर्शकलाई बेला बेलामा भावुक बनाउछ । सधै शुक्रबार प्रर्दशनमा ल्याउने चलन रहेको सिने बजारमा यो मात्रै चलचित्र विहीबारबाट प्रर्दशनमा आएको हो । चलचित्रको शिर्षक ट्वाण्टी वान रहेकोले बैशाख २१ गते प्रर्दशन गर्ने निर्माण पक्षले गरेको थियो ।


चलचित्रको स्क्रिप्टमा धेरै कमजोरी भेटिन्छन् । चलचित्रमा दर्शकलाई भावुक बनाउछ तर दर्शकलाई मन खोलेर रुवाउन ठाँउ दिदैन । नृत्यको धेरै दृश्यले कथा राम्रोसँग देखाउने ठाँउ ओगटेको छ ।
चलचित्रको अन्त्य भने सुखद छैन । चलचित्रको अन्त्य दर्शक सन्तुष्ट होइन झन् रनभुल्लमा पर्छ र चलचित्र हेर्दाको मज्जा अनुभव गर्दैन । चलचित्रको सिक्वेन्स बनाउन कौतुल राख्न यसो गरिएको हुन सक्छ जुन जायज छैन । चलचित्रको अन्तिम दृश्यहरुले दर्शक सन्तुष्ट हुन सक्दैनन् ।
३ बर्षसम्म मेहनत गरिएको भन्ने निर्माण पक्षको भनाइसँगै लामो बनेपछि दृश्य काटेको कारण चलचित्रका दृश्य छुट्दा कथा बुझ्न कठिनाई भएको हुन सक्छ ।
चलचित्रको लोकेशन शहर केन्द्रित छ । गीतको दृश्य पनि शहरकै छ । जसले रोमाञ्चकता होइन दिक्दारी लाग्छ । ज्याकी र जेरीबीच प्रेम अंकुरण भएको कथाले भन्दैन । तर उनीहरुको रोमाञ्च गीत र नृत्यमा जोडी बनाएर देखाइएको छ ।
चलचित्रमा धेरै कन्फ्युजन छन् । धरानमा नृत्यमा करियरमा अघि बढ्न प्रेरणा दिने प्रशिक्षक वा साथी हो ? स्प्रष्ट हैन ।
पछिल्लो समय राजेश हमालकालिन परम्परागत चलचित्र ताडेर नयाँ कथामा बनेका चलचित्रले बजार पिटिरहेको छ । नेपाली सिने बजारमा फेरि अर्को नयाँ कथा चलचित्र सिने बजारमा आएको छ । जुन हास्य रसमा आधारित चलचित्र होइन । ‘ज्याकी आई एक ट्वाण्टी वान’ चलचित्रले दर्शक तान्न सक्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।