२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संखुवासभामा हेलिकप्टर दुर्घटना



काठमाडौं, २२ वैशाख । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मानवीय क्षति नभएको तथा हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको बताइएको छ ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।