काठमाडौं
२३ बैशाख । शनिबार ललितपुरमा भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ गायक दिप श्रेष्ठ र शक्ति बल्लभलाई समपर्ण गरिएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ ललितपुरको पुल्चोकस्थित एक होटलमा भव्य कार्यक्रम आयोजना गरि समपर्ण गरिएको हो ।
यो वर्ष गायनतर्फ गायक दीप श्रेष्ठ र संगीततर्फ संगीतकार शक्ति वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ प्रदान गरिएको हो । दुवै श्रष्टालाई जनही ५० हजार रुपैयाँ पुरस्कार राशी पुरस्कार दिइएको थियो ।
कार्यक्रममा बोल्दै गायक दिप श्रेष्ठले भक्तराज आचार्यले नेपाली गीतमा पु¥याएको योगदानबारे चर्चा गरे । उनले गायक आचार्यसँग विताएको सुखद क्षणहरुको समेत स्मरण गर्दै पुरस्कार समपर्ण गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे ।
संगीतकार शक्ति बल्लभले मन पार्ने गायकको नामबाट पुरस्कार पाउदा ज्यादै खुशी लागेको बताए । उनले गायक भक्तराज आचार्यको गीत क्लिष्ट रहेको छ । अन्र्तराष्ट्रिय रुपमा समेत आचार्यले समेत आचार्यको गजलको चर्चा गर्ने गरेको स्मरण सुनाए ।
‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई समपर्ण गरिएको थियो । ‘सुशीला आचार्य सु स्वास्थ्य कामना सम्मान’ गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधि उपचार गर्नबाट बञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको हो ।
यसको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ । “नेपाली गीत÷संगीत क्षेत्रलाई थप माथि उकास्न केही योगदान होस् र यस क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा काम गरिरहेका संगीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनेर हामी हरेक वर्ष यो सम्मान गर्दै आइरहेका छौँ,” भक्तराज आचार्यका छोरासमेत रहेका स्वरुपराज आचार्यले बताए ।
प्रतिक्रिया