२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उच्च पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग



काठमाडौं, १ जेठ । जताततै भ्रष्टाचार देखा परेको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग उठेको छ ।

प्रतिनिधिसभाका जारी बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नु पर्ने माग राखेका हुन् ।

‘मलखाद्यमा भ्रष्टाचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टाचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टाचार, न्यायालयमा भ्रष्टाचार, प्रहरीको खाद्यान्नमा भ्रष्टाचार, जताततै भ्रष्टाचार छ,’ सांसद ढकालले भने, ‘त्यसैले २०४८ सालदेखि अहिलेसम्म भएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश, नेपाली सेना प्रमुख, नेपाल प्रहरी प्रमुख, मुख्य सचिव, सभामुख, सांसद, संवैधानिक निकायका प्रमुख र सदस्यहरूको सम्पत्तिमाथि छानबिन गर्न संसद्ले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दछु ।’

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।