१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अयोग्य लडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



२ जेठ । अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट दायर गरेका थिए । सर्वोच्चले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।

गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १२ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।