१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरको पांगा र कलंकीमा दुई जना मृत फेला



४ जेठ । काठमाडौंको छुट्टा छुट्टै ठाँउमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरकिा अनुसार कीर्तिपुर नगरपालिका ८ पांगा सालिक डेरा गरी बस्ने कञ्चनपुर घर भएकी २८ वर्षीया सरिता भट्ट आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकीस्थित द लुम्बिनी गेष्ट हाउसमा कोठा लिई मंगलबार बेलुकीदेखि बसेका नुवाकोट घर भएका ६० वर्षीय सिताराम कडेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  १ : २१ बजे