१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण, अधिकाशंको मृत्यु



 

५ जेठ । पछिल्ला केही बर्षदेखि नसर्ने रोगका कारण ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाइरहेको खुलासा भएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले दुई दिने स्वथ्य जीवन प्रवद्र्धन कार्यक्रममा स्वास्थ्य केन्द्रकी प्रमुख आयुर्वेद चिकित्सक श्रृष्टि श्रेष्ठले पछिल्लो समय खानपान, रहन सहनका कारण नसर्ने रोगको प्रकोप बढ्दो रहेको जनाउँदै नसर्ने रोगकै कारण कुल मृत्युदर पनि बढिरहेको तथ्य सार्वजनिक गरेकी छिन् ।
७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएको छ सरकारी तथ्याङ्क प्रस्तुत गर्दै आयुर्वेद चिकित्सक श्रेष्ठले पछिल्लो दशक नसर्ने रोगका कारण विरामीहरु ब्ढिरहेको औल्याइन् ।
उनले पछिल्ले पुस्तामा आएको जीवनशैलीमा परिवर्तन, नेपालीहरु शहरिया जीवनशैलीमा रमाउन थालेको र शारिरीकभन्दा मानसिक क्रियाशिलता बढ्नुने मोटोपनाको समस्या झेल्ने गरेको तथ्य प्रस्तुत गरिन् । उनले भनिन्, ‘यही मोटोपन नै रोगको घर बन्दैछ ।’
ललितपुरका स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिसहित सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुको मधुमेह, रक्तचाप, उचाई तथा तौल मापन गरी स्वथ्य भए नभएको परीक्षण गरिएको थियो । सहभागीहरुलाई स्वस्थ्य रहनका लागि योग समेत गराइएको थियो ।

जिल्ला समन्वय समिति ललितपुरका अध्यक्ष ऋषिदेव फुयाँल, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार समेत सहभागी थिए ।
२०५६ सालमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले उपचारात्मक, जनचेतनामूलक तथा स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जानकारी दिएको छ । केन्द्रका अनुसार आयुर्वेद स्वास्थ्य सेवालाई जिल्ला अन्तर्गत पर्ने विभिन्न स्थानीय निकायमा विस्तार गरिरहेको छ ।
केन्द्रले ओपिडी, योग सेवा, ल्याब सेवा, सशुल्क फार्मेसी, स्तानपायी आमाहरुको लागि मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा तथा पञ्चकर्म पूर्वकर्म सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।