२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मितेरी बर्थिङ सेन्टर हस्तान्तरण



काठमाडौं । एक्सन वर्क्स नेपालले जुम्लाको सिंजा गाउँपालिका वडा नं. ६ दाँतमा निर्माण गरेको ‘मितेरी बर्थिङ सेन्टर’ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेप्लिज नर्सिङ एशोसियसन युकेको आर्थिक सहयोगमा निर्माण गरिएको बर्थिङ सेन्टरको एक समारोहकाबीच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा एक्सन वर्क्स नेपालकी अध्यक्ष सम्झना पौडेलले गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायालाई बर्थिङ सेन्टर हस्तान्तरण गरेकी हुन् । सो क्रममा हस्तान्तरण गर्ने एक्सन वर्क्स नेपाल र लिने पक्ष गाउँपालिका बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा एक्सन वर्क्स नेपालकी अध्यक्ष पौडेलले संस्थाले बर्थिङ सेन्टर स्थापनाका लागि पुलको काम गरेको बताइन् । सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बर्थिङ सेन्टर स्थापना भएसँगै धेरै महिलाहरुको ज्यान जोगिएको बताइन् ।

गाउँपालिकाका प्रवक्ता तिर्थ वडले एक्सन वर्क्सले यहाँको समस्या पहिचान गरेर बर्थिङ सेन्टर निर्माण गरेसँगै महिलाहरुको जीवन जोगिएको बताए ।

वडाध्यक्ष लालबहादुर बुढाले एक्सन वक्र्स नेपाललाई धन्यवाद दिँदै सहयोगी संस्था नेप्लिज नर्सिङ एशोसियसन युकेलाई धन्यवाद दिए । उनले हस्तान्तरणसँगै आगामी दिनमा बर्थिङ सेन्टरमा कुनै पनि कुरामा कमिकमजोरी हुन नदिने बताए ।

बर्थिङ सेन्टरकी अनमी सारदा रोकायले २०७५ सालमा स्थापना भएको बर्थिङ सेन्टरबाट हालसम्म ८५ जना महिलाहरुले सेवा लिएका बताइन् । बर्थिङ सेन्टर स्थापना भएसँगै घरमा सुत्केरी हुने चलन हराएको र बर्थिङ सेन्टरमै महिलाहरु आउने गरेको उनको भनाइ छ । कार्यक्रममा एक्सन वर्क्स नेपालले अटो क्लेप मेसिन उपहार स्वरुप बर्थिङ सेन्टरलाई प्रदान गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।