काठमाडौं, ५ जेठ । सरकारले काठमाडौं उपत्यकासहितका नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै नदी किनारामा रहेका विपन्न भूमिहिन लगायतका वर्गलाई उपयुक्त स्थानमा सार्ने र उक्त क्षेत्रहरू खाली गरिने बताए ।
यस्तै उपत्यकालगायत मुलुकका ठूला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ ।







प्रतिक्रिया