१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहले सुनाए जेल जीवनको तीतो अनुभव, फेरि भने, ‘विश्वविद्यालय’



६ जेठ । अभिनेता पल शाहले जेल जीवनको तीतो क्षणहरु शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सुनाएका छन् ।
उनले आफ्नो जेल जीवनलाई विश्वविद्यालयको उपमा दिदै त्यो समयमा मेडिटेशन हुने र आँखा बन्द गरेर गुरुले पर्खालबाहिरको संसार अनुभव गर्न अह्राउने गरेको रहस्य खोले । उनले भने, ‘गुरुले जेल भित्रको पर्खाल बाहिर पुगेको कल्पना गर्नु भन्दा म सधैं मुस्ताङ सम्झन्थे । मुस्ताङ पुगेको घुमेको मेरो कल्पनामा आउथ्यो ।’
अभिनेता शाहले जेलबाट निस्केपछि मुस्ताङ घुम्ने योजना बनाएको रहस्य समेत कार्यक्रममा खुलासा गरे ।
‘त्यसैले ‘आँसु बनी नखस कैले नि’ म्युजिक भिडियो सुटिङ पनि मुस्ताङमा गर्ने प्रस्ताव राखे । निर्माण पक्षले स्वीकार गर्दा यो सम्भव भयो’ उनले प्रस्ट्याए ।
अभिनेता शाहले जेलमा विताएको समयलाई पटक पटक विश्व विद्यालय उच्चारण गरिरहेका थिए ।
वालिका बलात्कारको अभियोगमा गत बर्ष जेल परेका शाह केही समयपछि सफाई पाएर छुलेका थिए । उनले जेल जीवनबारे पटक पटक सार्वजनिक कार्यक्रममा बोल्दै पुरानो घाउ कोट्याउदै आएका छन् ।
अभिनेता शाहले पिडित बनेकी नावालिकालाई थप चोट दिन यो विषय आफैले कोट्याउने गरेको सिने बजारमा चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ३ : १३ बजे