८ बैशाख । चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरुलाई स्थापना दिवसको सन्र्दभ पारेर राजधानीमा चलचित्र पुरस्कार वितरण गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले तुलसी गिरी र श्रीराम सिग्देल र कुनेर डंगोललाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०,दिपज्योति थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०,शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०, रवि अधिकारीलाई राष्ट्रिय चलचित्र मोसफल पत्रकारिता पुरस्कार २०८० र श्रृष्टि पोखरेललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० वितरण गरेका छन् ।
पत्रकार शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० अर्पण गरिएको थियो । पत्रकार श्रृष्टि पोखरेललाई ल्यापटपसहित राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० गरिएको थियो । पत्रकार रवि अधिकारीलाई २५ हजार नगदसहित राष्ट्रिय चलचित्र मोसफल पत्रकारिता पुरस्कार २०८० वितरण गरिएको हो ।
कार्यक्रममा मनोज केसी, रश्मी थापालगायतलाई सम्मान गरिएको थियो । फोटोपत्रकार ज्ञानु राईले भने अभिनेता पल शाहको हातबाट सम्मान लिएनन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पहिलो रंगिन चलचित्रकी नायिका चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्मल शर्मा गैडा, चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्र कुमार खड्कालगायत कार्यक्रममा सहभागी थिए ।
प्रतिक्रिया