८ जेठ । निश्चल बस्नेत निर्देशनमा फर्किएका छन् । उनको नयाँ निर्देशकीय फिल्म ‘दिमाग खराब’को छायांकन सोमबारदेखि काभ्रेको पाँचखालबाट सुरु भएको छ । बुढानीलकण्ठ मन्दिरमा शुभसाइत गरिएपछि काभ्रेबाट औपचारिक रुपमै सुटिङ सुरु भएको हो ।
अभिनेत्री स्वस्तिमा खड्काले ४० दिनको सेड्युलसहित छायांकन सुरु भएको जानकारी दिइन् । ‘पिपुल भर्सेस पावर’को बटमलाइनमा निर्माण भएको यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमासहित दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल छन् ।
८ जेष्ठ २०८०, सोमबार
30
Shares
प्रतिक्रिया