९ जेठ । गोरखालीहरूको विरताको गाथा बोकेको चलचित्र‘गोरखा वरियर्स’ लण्डनको लिसेष्ट स्क्वायरको आईम्याक्स सिने वल्र्डमा सेक्टेम्बर १० मा ग्रान्ड प्रिमियर हुने भएको छ ।
प्रिमियरमा वेलायती राजपरिवारका सदस्य, हलिउडका विशिष्ट कलाकार र नेपाली राजदूतावासलगायत प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले ईतिहासमै पहिलो पल्ट विश्व विख्यात लण्डनको लिसेष्ट स्क्वायरको आईम्याक्स सिने वल्र्डमा नेपाली चलचित्र प्रिमियर हुन लागेको बताए ।
उनले सेक्टेम्बर महिनामा संसारभर नै चलचित्रको प्रिमियर गरिने उनले बताए । उनका अनुसार संगापुर, हङकङ र भारतलगायत देशमा प्रिमियरको लागि कुराकानी भइरहेको छ ।
सेप्टेम्बर महिनालाई निर्माण पक्षले प्रिमियर महिनाको रूपमा चलचित्रको प्रचार गर्ने योजना बनाएको छ । अहिले यस चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बइ र लण्डनको स्टुडियोमा भइरहेको छ ।
विश्व बजारमा नेपाली चलचित्रलाई पुर्याउने सपना चलचित्र गोरखा वारियर्समार्फत पूरा भएको निर्देशक चाम्सले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतिक्रिया