७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बहुपति प्रथामा आधारित चलिचित्र टुल्की देशभर प्रदर्शन हुँदै



ललितखबर

१० जेठ । आगामी शुक्रबारबाट देशको पश्चिमी क्षेत्र डोल्पाको त्रिपुराकोट, रम्ली,करेलीकाँडा र फोक्सुण्डो छायांकन भएको चलचित्र टुल्की प्रदर्शन हुने भएको छ ।

नेपालको डोल्पा,मुगु,मुस्ताङ,गोरखा र हुम्लालगायतका जिल्लामा एउटी महिलाले विवाह गरेपछि घरमा धेरै दाजुभाईको पत्नी भएर बस्ने परिवारको कथामा चलचित्र निर्माण गरेको निर्माता शेखर लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

चलचित्रकी अभिनेत्री स्वस्तीमा कार्कीले ६ महिना लामो वर्कशप र दुई महिनासम्म हुम्लामा बसेर चलचित्र सुटिङ गरेको अनुभव सुनाइन् । उनले भनिन्, ‘तीन जना पतिको पत्नी भएर अभिनय गर्दा अलौकिक अनुभव भएको थियो ।’
निर्देशक देव थापाले तिव्वत,भुटान र भारतमा समेत बहुपति प्रथा कायम रहेकाले अन्तर्राष्ट्रिय बिषयबस्तुमा चलचित्र निर्माण गरेको दाबी गरे । उनले भने,नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुन थालेकाले बजार विस्तारमा सहयोग पुग्ने ठोकुवा गरे ।

चलचित्रमा अभिनेत्री स्वस्तिमा कार्कीले यस चलचित्रमार्फत रजतपटमा डेव्यु गरेकी छिन् । साथमा शिशिर वाङ्देल,सोम लामा, रत्न प्रसाद न्यौपाने,हिमाली न्यौपाने,सौजन सुब्बा,सोफिया लिम्बू,नरेन्द्र तामाङ,शेखर लामा,भक्त सिंह कठायतको अभिनय हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १० : ३५ बजे