१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरणमा पाँचवटा कसुरमा ३० जनामाथि मुद्दा(पूर्णपाठ)



१० जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च पदस्थ अधिकारीसहित ३० जनालाई प्रतिबादी कायम गर्दै बुधवार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भर्खरै मुद्दा दर्ता गरेको हो। प्रतिवादीविरुद्ध विभिन्न पाँचवटा कसुरको आरोप लगाइएको छ। उनीहरूलाई ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ।

उक्त प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३३  जनालाई प्रतिबादी कायम गरिएको छ

अभियुक्तमध्ये १६ जना पक्राउ परेका छन्। उनीहरुलाई अभियोगपत्रसँगै अदालतमा उपस्थित गराइएको थियो। बाँकी आरोपीलाई फरार देखाउँदै अदालतबाट पक्राउ पुर्जी जारी गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ।

अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ।

उनीहरुको आपसी मिलेमोतोमा २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी सरकारी वकीलको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ४८ बजे