१३ जेठ । यस वर्षकाे ‘मिस नेपाल वर्ल्ड २०२३’ २३ वर्षीया श्रीच्छा प्रधान बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले याे उपाधि जितेकी हुन् ।पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिररिदिएकी हुन् । प्रधानले मिस डिएचआइकाे सह-उपाधि पनि जितेकी छन् ।
‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने २५ वर्षीया प्रसिद्धि शाहले जितिन् । उनी पहिलाे मिस नेपाल रुवी राणाकी छाेरीसमेत हुन् । कार्यक्रममा उनले ‘मिस पपुलर चोइस’काे उपाधिसमेत जितिन् । त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि भने रैना मजगैयाले जितिन् । पेशाले उनी पाइलट हुन् । मिस कन्फिडेन्टको उपाधि पनि प्रज्ञा बज्राचार्यले जितिन् ।
त्यस्तै सह-उपाधितर्फ ‘वीमन वीथ विङ’ उन्नती गुरुङ, मिस फाेटेजेनिक प्रितिका खड्का, ‘ब्यूटी विथ पर्पज’ आयुष्मा बरालले जितिन् । निर्णायक मण्डलमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठक, अभिनेत्री आँचल शर्मा, क्रिकेटर ज्ञानेन्द्र मल्ललगायत थिए । हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले अन्तिम प्रतिस्पर्धीहरुको नाम घोषणा गरेका थिए ।
प्रतिक्रिया