१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘टुल्की’ हेर्ने सहभागीको प्रतिकृया,‘राम्रो लाग्यो’



ललितखबर
१३ जेठ । चलचित्र टुल्की हेर्ने दर्शकले चलचित्र राम्रो बनेको प्रतिकृया दिएका छन् । शनिबार राजधानीको सुन्धारास्थित एक हलमा चलचित्र हेरेर फर्केका दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिए ।
संघीय सासंद ज्ञानेन्द्र शाहीले चलचित्र हरेपछि प्रतिकृया दिदै डोल्पाको पृष्ठभूमिलाई चलचित्र खिच्ने सिनेमेट्रोग्राफरले सुन्दर ढंगलले देखाएको बताए । सासंद शाहीले टिकट किन्ने दर्शकले पछुतो मान्न नपर्ने चलचित्र बनाएकोमा प्रशंशा गरे ।


चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का चलचित्र हेरेर उठ्ने बेला आँखु पुछिरहेकी थिइन् । उनले प्रतिकृया दिइन्,‘धेरै पल्ट चलचित्र हेरेर आँखामा आँशु आयो । मैले थाम्नै सकिन ।’
चलचित्रका निर्माता शेखर लामाले लक डाउनमा कष्ठपूर्ण तरिकाबाट डोल्पा पुगेर राम्रो चलचित्र निर्माण गरेको बताए । उनले सम्झिए, ‘हिड्दा हिड्दै हाम्रो खुट्टामा ठेला उठेको थियो । रमाइलो ठाँउ पुगेर चलचित्र निर्माण गरेपछि खुशी लाग्यो ।’


चलचित्रका कलाकार शिशिर वाङ्देन पनि चलचित्र हेरेर उज्योलो अनुहारका साथ चलचित्र भवनबाहिर निस्केका थिए । उनले चलचित्र सुटिङका लागि पाहाड चढेको सम्झदै कष्ठपूर्ण क्षण सम्झिए । भने, हामीले १२ जना कलाकार र प्राविधिक टोली लिएर डोल्पा पुगेका थियौं । हामीसँग मेकअप आर्टिष्ट समेत थिएनन् । सबै दुरुस्तै बनाएर खिचिएको हो ।

चलचित्रलाई डोल्पामा छायांकन गरिएको हो । चलचित्रमा देव थापाको निर्देशन, सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माता हुन् ।

चलचित्रको पटकथा शेखर लामाले लेखेका हुन् । शिशिर र स्वस्तिमासहित फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ४ : ४२ बजे