८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


इमाडोलबाट चोरियो चाँदीको मूर्ति



१५ जेठ । ललितपुरको इमाडोलबाट चाँदीका मूर्ति भाँडाकुडालगायतका सरसामान चोरी भएको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ३ ईमाडोल सृजनामार्ग बस्ने खगेन्द्र कुमार डांगीको घरबाट चाँदीको मूर्ति तथा भाँडाकुडा लगायतको सरसामान चोरी भएको हो ।
उनको घरबाट करिब ९ लाख ८९ हजार ५ सय बराबरको धनमाल शुक्रबार राति चोरी भएको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : ०७ बजे