१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेनले दिए अस्पताल प्रशासन बन्द गराउने चेतावनी



 

१७ जेठ । काठमाडौं महानगरका मेयर बालेनले कानून नमान्ने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।
मेयर बालेनले मन्त्री बस्नेतले स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र सञ्चालित ६८ स्वास्थ्यहरुले नागरिकले पाउने छुट सुविधा सम्बन्धी विवरण उपलव्ध नगराएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत गत जेठ ६ गते कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेकोमा काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमक्ष अनुरोध गरेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने सुविधा नदिएको भन्दै मेयर बालेन शाह पछिल्लो समय असन्तुष्ट छन् ।

नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको उनको भनाई छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनु पर्ने उनले लेखेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ३ : ०१ बजे