१९ जेठ । राजधानीमा आयोजित चलचित्र पत्रकार संघको कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्वअध्यक्ष प्रदिय उदय लफडा परेको छ ।
कार्यक्रममा बोल्ने क्रममा निर्माता संघका अध्यक्ष खड्काले हलवाला र सिने वितरकले सिनेमा पारदर्शिता कारोबार नगर्ने र कर छलि गर्ने गरेको आरोप लगाएपछि पुर्वअध्यक्ष प्रदिप उदय आक्रोसित भएका हुन् । पुर्वअध्यक्ष प्रदिप उदयले निर्माता संघको काम चलचित्रका हलवालाहरुले कर छलेको विषयमा बोल्ने काम नभएको भन्दै सरकारले यो विषयमा छानविन गर्ने भन्दै आक्रोस पोखे ।
उनले देशका लागि चलचित्र बनाएको भन्दै सेन्टिमेन्टको व्यापार गरेको निर्माता संघ अध्यक्ष खड्कामाथि आरोप लगाए । उनले भर्खरै निर्माण गरेको चलचित्र काँडेतारलाई निशुल्क चलाए आफुहरु हल सित्तैमा उपलव्ध गराउन राजी भएको तर्क गरे । खड्काले बोल्ने क्रममा आफूले हलवालाहरुलाई कुनै आरोप नलगाएको तर वितरकहरुतर्फ आफूले संकेत गरेको भन्दै अध्यक्ष खड्काले विवाद साम्य पार्ने प्रयास गरे ।
१९ जेष्ठ २०८०, शुक्रबार
62
Shares
प्रतिक्रिया