६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोगंबुमा बस चढेका युवकको पाकेटमार गरेर भाग्ने दुई जना पक्राउ



१९ जेठ । काठमाडौं महानगरपालिका २६ गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका ५ घर भई हाल काठमाडौं टोखा नगरपालिका ८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।

काठमाडौं महानगरपालिका २६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट उनीहरुले नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।