१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको महादेवस्थान र सल्लाघारीमा दुर्घटना : दुई जनाको मृत्यु



२० जेठ । काठमाडौंको महादेवस्थान र भक्तपुरको राधेराधेमा भएको दुर्घटनाहरुमा एक एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महानगरपालिका ३२ महादेवस्थानस्थित सडकमा ज.५ प २९३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सिरहा अर्नामा गाउँपालिका ३ घर भएका २३ वर्षीय जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका १ सल्लाघारी हनुमन्ते पुलस्थित सडकमा राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा.२१ च ५३०१ नम्बरको हात्ती गाडीबाट खसेर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ३ : ३१ बजे