२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतीय प्रधानमन्त्री मोदीबाट सीमा विवादबारे स्पष्ट विचार आएको छ: प्रधानमन्त्री



२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिमा विवादवारे भारतसँग खुलेर छलफल गरेको बताएका छन् ।

सोमबार आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल-भारत सीमा समस्या सुल्झाउन सकारात्मक भएको बताएका हुन् ।

‘सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई मैले गम्भीर ढंगले आग्रह गरको छु । भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग रहेका सीमालगायत थाती रहेका विवादका विषय समाधान हुन्छ । भन्नुभयो । लामो समयपछि भारतीय प्रधानमन्त्री मोदीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक विषय हो । सबैले खुसी हुनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ७ : २२ बजे