२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपालको सुन्दरताले मलाई लोभ्यायोः भारतीय अभिनेत्री भाग्यश्री



२२ जेठ । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। आइतबार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो।
फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो। समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंह लगायतका भारतीय चर्चित कलाकारहरु नेपालमा आएका थिए। अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाएको बताइएको छ।

कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्। उनले नेपालीहरुले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन्।

उनले भनिन्, ‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु। तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।