१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्तिलोक पथ हुँदै अवैध सामान ल्याउने २ जना सुनाकोठीबाट पक्राउ



२२ जेठ । ललितपुर महानगरपालिका २६ चिवहाल सुनकोठीबाट कान्तिलोकपथ हुँदै राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अनुसार पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत ११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् ।

प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१–०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : ५१ बजे