२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पुरानै लयमा फर्किँदै गायिका समीक्षा: एकैदिन ७ वटा गीत रेकर्ड



२५ जेठ । एक कलाकारसँग प्रेम विवाद र स्क्यान्डलले जीवनबाट झण्डै हरेसनै खाएकी गायिका समीक्षा अधिकारीको जीवनमा नयाँ बिहानीको किरण छाएको छ ।

उनको जीवनमा सुनौला किरणले प्रवेश गरेसँगै करियरले यसरी युटर्न लिएको छ । गायिका समीक्षा अधिकारी लामो समयको विवादपछि अहिले भने काममा व्यस्त हुन थालेकी छन् ।

एक वर्षको मानसिक यातनाबाट गुज्रिएकी उनी अब भने आफ्नै पुरानो दिनमा फर्कीसकेकी छन् । केहि दिन अघिमात्र एक दिनमा ४ वटा सम्म गीत रेकर्ड गराएकी उनले सोमबार ७ वटा गीत रेकर्ड गर्दै आफ्नो पुराना सबै रेकर्डलाई तोड्न सफल भएकी छिन् ।

बाल गायिका हुँदै नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी उनको एक कलाकारसँगको विवाद नआएको भए अहिले उनी नम्बर १ गायिका बनिसक्नेमा दुईमत नै थिएन।

सामाजिक संजालमा गाली गलौज त् समीक्षाले भन्दा अरु कसले नै खाएको होला। अझ स्टेज प्रोग्राममा ढुङ्गा प्रहार भएपछि उनी झनै मानसिक तनावमा पुगिन। तर अब समय फेरीई सकेको छ उनलाई गाली गर्ने दर्शकहरु विस्तारै उनकै पक्षमा वकालत गर्न थालिसकेका छन् । विवादपछि समीक्षालाई काम दिन नखोज्ने सर्जकहरु अहिले समीक्षासँग काम गर्न पालो कुरेर बसिरहेका हुन्छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ५ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।