२६ जेठ । आजबाट काभ्रेको भकुण्डेबेसीमा दुई दिने ‘दोश्रो नेपाली ग्रामीण चलचित्र महोत्सव’का आयोजना हुँदैछ ।
नेपाल चलचित्र क्षेत्रलाई जनतामाझ पु¥याउन महोत्सव आयोजना गरिएको आयोजक सेलिब्रिटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले बताएका छन् । अघिल्लो बर्ष गोरखाबाट सुरु भएको महोत्सव यो बर्ष काभ्रेमा आयोजना हुन लागेको हो ।
महोत्सवमा आज नेपाली रजतपटमा सफल भएका दुई चलचित्रहरु प्रका र झिगेदाउ देखाइने अध्यक्ष सापकोटाले राजधानीमा आयोजित कार्यक्रममा बताएका छन् ।
महोत्सवमा १७ वटा चलचित्रहरु छनोट गरिएको छ । ३ दर्जन बढी फिल्महरु मध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको हो महोत्सवमा ७देख ८ वटा चलचित्र देखाउने कार्यक्रम छ ।
यो महोत्सवको जुरी टिममा निर्देशक रक्षा सिंह राणा, कलाकार सुवास गजुरेल, सम्पादक भरत रेग्मी छन् ।
शुक्रबार र शनिबार आयोजना हुने महोत्सवमा ‘झिंगेदाउ, प्रकाश, डेसान, ल्हुई, निरमाया, चरित्र, आफ्नै कर्म, मेरी हजुरआमा, साइत, सेती दिदी, कहानी एकादेशको, परिवर्तन, दुर्गामाण्डु, ऐना, हुक्का’ प्रदर्शन गरिनेछ ।
यस्तै, साउन महिनामा प्रदर्शन हुन लागेको लिम्बु संकृतिमा निर्माण भएको फिल्म ‘लुङा’लाई महोत्सवमा प्रिमियर गरिनेछ । यो महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, कलाकार दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालले ‘मास्टर क्लास’ समेत दिदैछन् ।
यस्तै, कलाकारद्धय मुकुन भुषाल र वुद्दि तामाङले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ बिषयमा विद्यार्थीहरुसँग भलाकुसारी समेत गर्नेछन् । कार्यक्रममा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय रहेका ३ जना कलाकारहरुलाई सम्मान गर्ने तयारी समेत गरिएको छ । उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गर्दै शनिबार बेलुकी कार्यक्रम समापन हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया