१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विदेशी चलचित्रलाई भन्सार : चलचित्र क्षेत्रमै मतभेद



२६ जेठ । सरकारले विदेशी चलचित्रलाई १ प्रतिशत मात्रै भन्सार कर लगाएको र नेपाली चलचित्र क्षेत्रलाई आगामी आर्थिक बर्षमा बजेट नछुट्याएपछि अहिले चलचित्र क्षेत्र तरंगित छ ।
चलचित्र निर्माता, कलाकार र प्राविधिकहरु प्छिल्लो समय आन्दोलित छन् । यसको विरोधमा चलचित्र विकाश बोर्ड अध्यक्ष भुवन केसीलगायतले केही समयअघि असन्तुष्टि व्यक्त गरिसकेका छन् ।
तर चलचित्र संघ र चलचित्रका अन्य क्षेत्र यो विषयमा विवाद देखिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सरकारले नेपाली चलचित्रलाई उपेक्षा गरेको र विदेशी चलचित्रलाई सघाएको आरोप लगाउदै आफूहरुको माग सम्बोधन नभए आन्दोलनमा उत्रने चितावनी दिइरहदा चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले नेपाली चलचित्र उद्योग युद्धमा रहेको तर यो युद्ध गरेर केही नहुने तर्क गरे । उनले चलचित्र उद्योगमा राजनीति गर्नेहरुले उद्योग विगारेको आरोप लगाए । हिन्दी चलचित्रलाई व्यवस्थित गर्न वार्ता गरेर मात्रै अघि बढ्न सकिने उनको प्रस्ताव थियो ।
चलचित्र निर्माता संघका अध्यक्ष जनकदिप पराजुलीले सरकारसँग वार्ता भइरहेको र बजेट संशोधन भएर आफुहरुको माग पुरा हुने अपेक्षा गरेका छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का विलासी गाडी ल्याउदा ३० सय प्रतिशत कर लगाउने तर विलासी विदेशी चलचित्र ल्याउन १ प्रतिशत भन्सार लगाएर विदेशी चलचित्रलाई प्रबद्र्धन गरेर नेपाली चलचित्रलाई निरुत्साहित गरेको आरोप लगाएका छन् । उनले नेपाली चलचित्र फस्टाएको खण्डमा निर्माता, कलाकार,प्राविधिक र पत्रकारिता क्षेत्रले समेत लाभ पाउने बताए ।
चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले आफूहरु पत्रकारिताको सिद्धान्त पालना गर्ने क्रममा आन्दोलनमा होमिन नसक्ने तर मुद्दा उठाएर नेपाली चलचित्र क्षेत्रको हित गर्ने बचन दिए ।
एकातिर पछिल्लो समय नेपाली चलचित्रहरुले लगानी उठाउनै नसक्ने गरि फ्लप भइरहेको सन्दर्भमा हिन्दी र अंग्रेजी चलचित्र नचलाए हल बन्द हुने अवस्थामा छ । विदेशी चलचित्रलाई बढी कर लगाएर निरुत्साहित गर्दा आफूहरुले विदेशी चलचित्र लगाएर हल धान्न मुस्किल हुने उनीहरुको आकलन छ ।
पछिल्लो समय चलचित्र निर्माताहरु एक अर्काका चलचित्र एकै दिन प्रर्दशन सुरु गरेर एक आपसमा लडेर चलचित्र उद्योगमा घाटा पु¥याइरहेको बताइन्छ ।
केही दिन अघि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका पूर्वअध्यक्ष प्रदिय उदयबीच यही सन्दर्भमा लफडा परेको थियो ।
निर्माता संघका अध्यक्ष खड्काले हलवाला र सिने वितरकले सिनेमा पारदर्शिता कारोबार नगर्ने र कर छलि गर्ने गरेको आरोप लगाएपछि पुर्वअध्यक्ष प्रदिप उदय आक्रोसित हुँदै निर्माता संघको काम चलचित्रका हलवालाहरुले कर छलेको विषयमा बोल्ने काम नभएको भन्दै सरकारले यो विषयमा छानविन गर्ने भन्दै आक्रोस पोखेका थिए ।

उनले राम्रो बनाएर मात्रै नेपाली चलचित्रको हित हुने तर्क गर्दै उनले नेपाली चलचित्रका निर्माता संघ र चलचित्र संघ मिलेर नेपाली चलचित्र उद्योगको विकाश हुने सुझाव थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ३ : ५० बजे