३० जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितको स्वयम्सेवीहरुले कोकाहा नदिको पानी धरान बजारमा ल्याएका छन् ।
सोमबार मध्यराती माया धराने साबुन फ्याक्ट्री निर्माण स्थलमा रातको १२ बजे पानी ल्याएपछि धरानबासीलाई नुहाउन आउन आह्वान गरिएको थियो ।
पानी छोएपछि मेयर साम्पाङ हर्षले आँखा छोपेर रोएका छन् । मध्यराती पानी आएपछि धरानबासीले नुहाएर खुशीयाली मनाएका छन् ।
पछिल्लो समय खानेपानीको अभाव झेलिरहेका घरानबासीका लागि खानेपानी ल्याउने मेयर साम्पाङले योजना अघि सारेपनि केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको भन्दै दुखेसो पोख्दै आएका छन् । यद्यपी पछिल्लो समय सप्तकोशीको पानी धरान ल्याउन अध्ययन सुरु भएको छ ।
साम्पाङ धरानबासीलाई खानेपानी खुवाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय निर्वाचनमा विजयी भएका थिए ।
३० जेष्ठ २०८०, मंगलबार
168
Shares
प्रतिक्रिया