१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जडिबुटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु



३१ जेठ । जडिबुटीमा टिपरले मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका २ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले बताएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ४१ बजे