५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव २०८० सुरु



१ असार । दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० सुरु भएको छ । चलचित्र विकास बोर्डले आयोजना गरेकोे शुक्रबारबाट सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महोत्सवको उद्घाटन गरेकी हुन् ।
पश्चिमा संस्कृतिले बालबालिका र युवामा पकड जमाउँदै लगेको बेलामा आफ्नो धरातल चिनाउन बाल चलचित्र महोत्सव कोसेढुङ्गा हुने उनले बताएकी छिन्

 

 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा स्थानीय कला संस्कृतिसहतिको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो भने कलाकार चेतन सापकोटा, सत्यकला राई, अनुभव रेग्मीलगायतले प्रस्तुति राखेका थियए ।

यही असार ३ गतेसम्म चल्ने महोत्सवमा बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने बारेमा जानकारी प्रदान गरिने बताइएको छ । बोर्डका अध्यक्ष केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।