१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बल्छी धुर्वेलगायत कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राख्न अनुमति



३ असार । आठ जना कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको जानकारी दिए । यसअघि दिइएको तीन दिनको म्याद सकिएपछि थप ६ दिन थप गर्न अदालतले अनुमति दिएको हो ।

बिहीबार पक्राउ परेका उनीहरुले अनलाइन जुवा प्रचारप्रसारका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाइसकेको छ । प्रहरीले यसबारे थप अनुसन्धान गर्ने जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ०८ बजे