५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको शल्यक्रिया गरिएको छ । मुटुको चालमा समस्या आएपछि राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।
मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । गत शनिबार पनि मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेललाई अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया