१४ असार । राजधानीमा चलचित्र ‘परस्त्री’को प्रिमियरमा कलाकारहरुले उत्कृष्ट चलचित्र रहेको प्रतिकृया दिएका छन् ।
क्राइम जनरामा निर्माण गरिएको चलचित्र ‘परस्त्री’ मा अभिनेत्री शिल्पा मास्के, अभिनेताहरु कोशिश क्षेत्री र गौरव विष्ट वरिपरि घुमेको छ ।
चलचित्र हेर्न अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता खगेन्द्र लामिछाने प्रिमियरमा पुगेका थिए ।
उनीहरुले चलचित्रमा कलाकारहरुले राम्रो अभिनय गरेको भन्दै प्रशंशा गरे । नयाँ कथामा चलचित्र हेर्दा राम्रो लागेको उनीहरुको प्रतिकृया थियो ।
निर्देशक दिपेन्द्र के खनालको कथामा नव–निर्देशक सुरज पाण्डेले यस चलचित्रको निर्देशन गरेका छन् । ्आज विहीबारबाट देशभरका चलचित्र भवनमा चल्ने चलचित्र ‘परस्त्री’ भोलि शुक्रबारबाट भारतमा समेत हिन्दी संस्करण प्रर्दशन हुँदैछ ।
बैवाहिक जीवनमा आउने उतारचढावलाई चलचित्रमा देखाइएको छ । सम्बन्धमा आउने विचलनपछि हुने गरेको अपराध चलचित्रमा जोडिएको छ । चलचित्रमा अभिनेत्री शिल्पाले बोल्ड दृश्य समेत दिएकी छिन् ।
निर्माता शर्मिला पाण्डेले भारतमा समेत चलचित्रको राम्रो प्रतिकृया पाएको भन्दै उत्साह बाँडिन् ।
चलचित्र हेर्न प्रिमियरमा कलाकार,पत्रकार सञ्चारकर्मी र शुभेच्छुकहरुको चलचित्र भवनमा भीड थियो ।
प्रतिक्रिया