१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शंखमुलको जुवा अड्डाबाट १० जना पक्राउ



१५ असार । काठमाडौं महानगरपालिका १० शंखमुल बस्ने सीता बस्नेतको घरमा रहेको अड्डाबाट जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रूपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : १३ बजे