२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बार–कर्मचारी आन्दोलनः देशभरका अदालतमा हड्ताल, लामिछानेलाई रिहा गर्न माग



१७ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।

आइतबार कर्मचारीहरूको चार वटा संगठनले विरोधमा देशभरका अदालतमा हड्ताल गरेको हो। गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं–१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए। लामिछानेको कुटपीटबाट नायब सुब्बा तामाङको ओठमा चोट लागेको थियो भने दाँतसमेत हल्लिएको थियो।

अमिर लामिछाने कानुन व्‍यवसायी हुन्। नासु तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाइसकेको छ।

यता कानुन व्यवसायीहरुले भने अमिर लामिछानेलाई रिहा गर्न माग गरेका छन्। उच्च बार पाटन र ललितपुर जिल्ला बारले भने वक्तव्य नै निकालेर लामिछानेलाई रिहा गर्न माग गरेका हुन्।

त्यस्तै उनीहरुले घटनाको समयको सीसीटीभी फुटेज सार्वजनिक गर्न अदालत प्रशासनलाई आग्रह गरेका छन्। जिल्ला बार ललितपुरले घटनको सीसीटीभी फुटेज हेरी थप प्रक्रिया अघि बढाउन आग्रह गर्दा अदालत प्रशासनबाट सीसीटीभी रेकर्ड बिग्रिएको जवाफ आएको भन्दै त्यसको भत्सना गरेको छ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।