१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शीर्ष नेताबीच संसदीय समितिका सभापति चयन गर्न प्रक्रिया अघि बनाउने सहमति



१९ असार । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलले संसदीय समितिका सभापति चयन गरेर जाने समझदारी गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले यस्तो समझदारी गरेका हुन् ।
‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरूले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठन तिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ’ सभामुख देवराज घिमिरेले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरू अगाडि बढ्न सकेका छैनन् ।’

 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।