१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विवादास्पद शर्मिला वाइवाको विवाद श्रृखला



ललितखबर
१७ फागुन । सामाजिक सञ्जालमा चिर परिचित नाम हो शर्मिला वाइवा । आफूलाई अभियन्ता भन्दै महिलाबादी आवाज उनले बेला बेलामा उठाउने गरेकी थिइन् । उनको उग्र व्यावहारले धेरै पटक प्रहरीको ढाकासम्म पुगेको छ ।
विवाद श्रृखला पछिल्लो पटक पवन खतिवडा म्याकुरीसम्म आएको छ । पछिल्लो समय पवन र उनकी श्रीमती सुम्निमा खालिङको घर झगडामा शर्मिलाको प्रवेशसँगै उनको विवादास्पद छविले निरन्तरता पाएको छ । शर्मिलाको विवादास्पद घटना यो मात्रै पहिलो होइन ।
‘ऋषि धमला श्रीमती हुँ’ भन्दै शर्मिला वाइवा सामाजिकमा आइन् । पत्रकार धमलालाई विवाधमा तानिए । पछि शर्मिलाले आफू र ऋषि धमलालाई सकाउन गिरोह नै लागेको भन्दै आफूहरुबीच लेनदेनको सम्बन्ध रहेको भन्दै भनाई फेरिन् ।
केही समयअघि उनले विष सेवनक गरेको तस्विर र समाचार सार्वजजिक भयो । समाचार र तस्विर झुटो डाक्टरको रिर्पोटको हवाला दिदै भन्दै अर्को समाचार आयो । यो तस्विर झुटो भएको सामाजिक सञ्जालमा फैलियो । उनको विवादास्पद कृयाकलाप सामाजिक सञ्जालका लागि फेरि अर्को मसला बन्यो ।
यस अघि उनी बलात्कार पीडित नाबालिगको पक्षमा अभिव्यक्ति दिएको भन्दै आरोप लगाउदै अभिनेत्री रेखा थापाविरुद्ध युट्युबमा बोल्न थालेपछि प्रहरीमा उजुरी प¥यो । उनी चितवनबाट पक्राउ परिन् ।
ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुव्र्यवहार गरेको आरोपमा अभियन्ता टीका संग्रौला, यमबहादुर खड्का र हिमालप्रसाद उपाध्याय सँगै शर्मिला वाइवा पनि पक्राउ परेकी थिइन् ।
सामाजिक सञ्जालमार्फत शर्मिला उग्र व्यावहार देखाउने क्रम रोकिएन । उनले आफ्नो नामबाट झुटो फेसबुक आईडि बनाएर महेश मिश्रले मानहानी गरेको आरोप लगाउदै कुटेर प्रहरी चौकी जाने उनले धम्की दिएकी थिइन् ।
यति मात्रै होइन पछिल्लो समय कलाकार पवन खतिवडा म्याकुरीले शर्मिला वाइवाले कुटपिट गरेको भन्दै युट्युवमा सार्वजनिक भए । उनको अनुहारमा घाउ नै घाउ थियो । उनले प्रहरीमा उजुरी दिएपछि शर्मिला वाइवा पक्राउ परिन् ।.
उनीमाथि अरुको व्यक्तिगत जीवनमा प्रवेश गर्ने गरेको आरोप छ । सामाजिक सञ्जालमा वाइवाको समर्थनभन्दा पनि आलोचना धेरै भइरहेको पढ्न र देख्न सकिन्छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ०५ बजे