२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनाङ एयर हेलिकप्टर दुर्घटना : पाँच जनाको शव भेटियो



२६ असार ।  मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पाँच जनाकाे शव भेटिएकाे र एक जनाकाे खाेजी कार्य भइरहेकाे जानकारी दिएका हुन् ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लाम्जुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । मेक्सिकन नागरिकहरुमा एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।