१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल अफ्रिका चलचित्र महोत्सव २२ वटा चलचित्र छनौट गर्दै सम्पन्न



नेपाल अफ्रिका फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट चलचित्रको अवार्ड लिएकी छिन्

२६ असार । एघारौं नेपाल अफ्रिका चलचित्र महोत्सवमा भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा चलचित्रको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा चलचित्र छनौटमा परेको थियो ।
तीन दिनसम्म असार गत शुक्रबारदेखि आइतबारसम्म निरन्तर राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धामा छनौट परेका चलचित्रहरूको प्रदर्शनी गरिएको थियो ।
नेपाल अफ्रिका चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट चलचित्रको अवार्ड लिएकी छिन् । चलचित्र फेस्टिवलमा सबैभन्दा धेरै अवार्ड पाउने चलचित्र भाग्य बन्न सफल भएको छ भने सर्वोत्कृष्ट निर्देशक भाग्य चलचित्रका निर्देशक रोशन कुमारले पाएका थिए भने सर्वोत्कृष्ट अभिनेत्रीबाट निता ढुंङ्गाना अनि सर्वोत्कृष्ट चरीत्र अभिनेता सुनिल कटुवालले अवार्ड ग्रहण गरिएको थियो । नेपाली कथाकन गीति चलचित्र नेपाली इतिहासको दोस्रो गीति चलचित्र हो । चलचित्र भाग्यले एकपछि अर्को सफलता पाइरहेको सो समारोहमा नायक यशराज गराजले सर्वोत्कृष्ट अभिनेता जुरी अवार्ड पाएका थिए । यसरी यस पटकको नेपाल अफ्रिका चलचित्र फेस्टिवलमा चलचित्र भाग्यले ठुलोभन्दा ठुलो अवार्ड पाउन सफल भएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को अमर कृतिमा आधारित चलचित्र भाग्यको कथा समेटिएको छ ।

नेपाली चलचित्र प्रकाश, प्रेमगञ्ज, हुक्का, लगायत चलचित्रलले पनि अवार्ड पाएको थिए भने छोटो चलचित्रहरू परिवर्तन, परिवार, दुविधा, फेरि, हावाम्यान, ऐजेरू, कलुवा लगायत अफ्रिकन फिल्महरू द विल्डर्स, द ट्रेन अफ द डेट, आइ गट माइ, वाटे वाटे, थिड्स एवं डेट, या, ठ्याँक यु रेन्ट लगायत चलचित्र समावेश रहेको थियो । कार्यक्रममा प्रमुख अथिति संगीत तत्न शम्भुजित बास्कोटा रहेका थिए । उनले चलचित्र महोत्सवमा अवार्ड पाउने र सम्मान पाउने सबैलाई हृदयदेखि शुभकामना व्यक्त गरे । विशिष्ट अतिथिको रुपमा रहेका नेपाल चलचित्र सोसाइटीका अध्यक्ष तथा बरिष्ठ अभिनेता, निर्दशक कृष्ण मल्लले नेपालमा चलचित्र महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको बताए । उनले यस्तो मन्दीको विषम परिस्थितिमा पनि यस्तो उत्कृष्ट अवार्ड गरेर आयोजकले महान कार्य गरेकोमा धन्यवादको पात्र रहेको पनि बिचार प्रकट गरे ।

निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्रथम धार्मिक चलचित्रका महादेव चरित्रको भूमिका निभाउने राकेश खड्का, कलाकार संघका महासचिव सविन श्रेष्ठ,अभिनेता दिनेश खड्का लगायतका अतिथी रहेका कार्यक्रममा प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा. मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताइन् । महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ३५ बजे