१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री पत्नी सिता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा



दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो

 

२७ असार । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।