३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बगानको देशभर अग्रिम टिकट बुकिङ खुला, पायो युनिभर्सल सर्टिफिकेट



२७ असार । आगामी शुक्रबारबाट प्रर्दशनमा आउने चलचित्र बगानले सेन्सर बोर्डबाट संसारभर प्रर्दशन गर्न मिल्ने  युनिभर्सल सर्टिफिकेट पाएको छ ।
अभिनेता सरोज खनालद्वारा निर्देशित र अभिनेत्री करिष्मा मानन्धरको मुख्य भुमिका रहेको चलचित्र बगान देशभरका विभिन्न चलचित्र भवनहरुमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
निर्माण पक्षका अनुसार क्युएफएस चलचित्रको काठमाडौं सिभिलम ल, दरवार सिनेम्याक्स, भक्तपुर,किर्तिपुर, एफ क्यु, विग मुभिज, वान सिनेमा बानेश्वरमा बुकिङ खुलेको छ ।
चितवनको जल्मा, चितवन सिनेप्लेक्स, धरानमा फ्रेण्ड् सिनेमा,बुटवलमा क्युएफएक्स, सिमारामा केएसआर मुभिज,नेपालगञ्जमा क्युएफएस बागेश्वरी र विराजनगरमा क्युएफएक्स भाटभटेनीलगायत रहेका छन् ।
चलचित्रको प्रिमिगर आज राजधानीमा हुँदैछ ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।