१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विहानैदेखि काठमाडौं उपत्यकाको मौसम बदली, दिउँसो बर्षा



 

२ साउन । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । बितेको २४ घन्टामा सबैभन्दा बढी पोखरामा ८५ र काठमाडौँमा ७५ मिलीमिटर वर्षा भएको छ । भैरहवामा २८, धनगढीमा २७ र ओखलढुङ्गामा २६ मिलीमिटर वर्षा मापन गरिएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेकोे छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ४ : ४३ बजे