३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन्स’



२ साउन । नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ केही समयका लागि बन्द भएको छ। कमेडी क्लब विथ च्याम्पियन्सका निर्देशक तथा होस्ट विशाल भण्डारीका अनुसार शो ४ महिनाको लागि बन्द गरिएको हो।

लगातार शो चलाइरहँदा क्रियटिभ कुरामा कमी आउँछ। त्योभन्दा केही महिना शो बन्द गरेर केही नयाँ प्रस्तुति लिएर आऊने हाम्रो योजना रहेको छ । यो अवधिमा हामी कमेडी च्याम्पियन सिजन ३ लिएर आउँछौं, उनले बताए। कमेडी क्लब विथ च्याम्पियन्स को पहिलो सिजनमा ६९ एपिसोड प्रसारण भएको थियो।

विक्की अग्रवालले निर्देशन गरेको शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले प्रस्तुति दिँदै आएका थिए। एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर निर्माण गरिएको शो अध्यक्षमा दीपाश्री निरौला थिइन्।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।