५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बगान’लाई ५० हजार जरिवाना तिराएर महानगरले ५ लाखको विज्ञापन गर्‍योः करिश्मा



३ साउन । नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ फिल्म ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन्।

महानगरले फिल्म ‘बगान’ लाई ५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिएको मानन्धरले बताएकी हुन्।

फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो। कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन।’

काठमाडौँका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले ‘बगान’ लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।