१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक सय केजी सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)



४ साउन । एक सय केजी सुन तस्करी प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ।

विभागबाट खटिएको टोलीले बिहीबार(४ असार) साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्। पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ।

यी हुन बिहीबार पक्राउ परेकाहरूः
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।