१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणमा भेटियो एक सय ६७ वर्ष पुरानो शिलालेख



५ साउन । चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ ।
सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो ।

करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताएका छन् । सो स्थानमा कोलमा राखिने गोलो ढुङ्गासमेत फेला परेको छ । उक्त ढुङ्गा तीन किलोभन्दा बढी रहेको छुंकाले जानकारी दिएका छन् ।

पगरी टोलमा फेला परेको शिलालेख, गोलो ढुङ्गाका साथै ऐतिहासिक चट्टान अभिलेख र चित्रको अध्ययन अनुसन्धान गरी संरक्षण गर्ने नगर प्रमुख जीवन खत्रीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  २ : ५१ बजे